Logo

संघीय संसदबाट नागरिकता विधेयक पारित



काठमाडौं, साउन १३ । नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभा र प्रतिनिधि सभाले राष्ट्रपतिसमक्ष पठाउनेछ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । प्रतिनिधि सभाले गत ६ साउनमा पारित गरेको विधेयक बिहीबार राष्ट्रिय सभाबाट समेत पारित भएको हो ।

राष्ट्रिय सभामा बिहीबार भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएपछि बहुमतले विधेयक पारित भएको छ । विधेयक प्रतिनिधि सभाले गत ६ साउनमा पारित गरिएको थियो ।

नागरिकता विधेयक पारितसँगै नेपालमा अब मुख्यतया नौवटा परिवर्तन आउने भएको छ । पहिलो, जन्मसिद्धका सन्तानले नागरिकता पाउनेछन् ।

विधेयकले जन्मका आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक)का सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ । २०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मका आधारमा नागरिकता दिइएको थियो ।

नेपालमा झन्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने व्यवस्था संविधानमा छ । तर, कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्