Logo

लूको उच्चस्तरीय राजनीतिक भेटवार्ता आज



काठमाडौं, साउन १३ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज राजनीतिक भेटवार्ता गर्ने भएका छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसअघि विहिबार साँझ लूले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गरेका थिए । लुले बिहीबारै व्यापारी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटघाट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्