Logo

प्रकाशमान सिंह भन्छन्–कृष्ण प्रसाद भट्टराईलाई २०४८ मा हराउँदा मुलुक दुरअवस्थामा पुग्यो



काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले मुल्यमान्यताको राजनीति अन्त्त भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीकदल प्रति निरासा बढेको बताएका छन् ।

आज नेपाली कांग्रेस काठमाडौ महानगरपालिका–१० ईकाई समितिले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

२०४६ पछि आयको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्ण प्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज यो दुरअवस्थामा पुगेको टिप्पणी गरे ।

अझै पनि प्राप्त उपलब्धि माथि चौतर्फि प्रहार भैरहेकोले मुलुकका सामु गम्भीर चुनौतिहरु देखा परिरहेको समेत बताए । राजनीतिक दलहरु विधि पद्धति भन्दा आफ्नो स्वार्थ उन्मुख भएकाले झन चुनौति थपिएको भन्दै राजनीतिक दलहरुका कार्यशैली सच्चिनु पर्ने समेत बताए । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुको बिकल्प नरहेको समेत जनाए ।

राजनीतिक दलहरुले जिम्मेवार बनेर आगामी चुनौतिको सामना गर्न लाग्नुको बिकल्प नरहेकोमा समेत उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्