पोखराबाट काठमाडौं उडेको यति एयरलाइन्सको विमान एकैछिनमा अवतरण गराइयो


काठमाडौं, १३ साउन । पोखराबाट काठमाडौंको लागि उडेको यति एयरलाइन्सको जहाज ६ मिनेटमै पोखरामै अवतरण गराइएको छ।

६७२ उडान नम्बरको एटीआर ७२ जहाजको इन्जिनमा समस्या देखिएपछि उडेको एकैछिनैमै अवतरण गराइएको हो ।

जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा रेड लाइट देखाएपछि पाइलटले तुरुन्तै अवतरण गराएका हुन् ।

जहान बिहान ८ बजे उडेको थियो । विमानमा ४५ यात्रु थिए । File Photo