Logo

नेपालको राजनीतिमा अमेरिकी हस्तक्षेप बढ्यो : सिपी गजुरेल (भिडिओसहित)



काठमाडौं, १३ साउन । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको दाबी गरेका छन् । उनले भने,‘यो त जगजाहेर नै छ नि, पहिला नेपालमा बाहृय हस्तक्षेप भन्नाले भारतको हस्तक्षेप भन्ने बुुझिन्थ्यो । भारतले नेपाललाई आफ्नो ब्यायार्ड ठानेको थियो । र, असमान सन्धि, सम्झौताहरु, सिमा अतिक्रमण सबै भारतबाट नै हुन्थे, बाहृय हस्तक्षेप भन्दा सोझै भारत भनेर बुझिन्थ्यो । तर, अहिले अमेरिका प्रवेश गरेको छ । अब अमेरिकी हस्तक्षेप पनि नेपालमा थपिएको छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अमेरिकाले नेपाललाई दिएको सहयोगको भने आफूहरुले स्वागत गर्ने बताए । यद्धपी पैसा दिएर देशको स्वाधिनता किन्न खोज्नु गलत भएको उनको टिप्पणी छ । नेपालमा पनि एमसिसी खारेज हुनुपर्छ भनेर ठूलो आन्दोलन हुँदापनि सदनबाट एमसिसी पारित गएको उनले स्मरण गराए ।

उनले एमसिसी आईपिएसको अंग भएको पनि दाबी गरे । तर, नेपाल सरकारका अधिकारी र मन्त्रीहरुले एमसिसी आईपिएसको अंग होईन भनेको विषयमा भने उनले आपत्ति जनाए । उनले भने,‘उनीहरुको दलाली गरेर अनेक प्रकारको झुटो कुरा गर्नेहरुको यहाँ कुरै छैन् । त्यो विषयमा हामी यहाँ चर्चा नगरौं ।



प्रतिक्रिया दिनुहोस्