Logo

यो सरकारले नेपाललाई विदेशीहरुको बुटले कुल्चिने ठाउँमा पुर्यायो : ऐन महर (भिडिओसहित)



काठमाडौं, १३ साउन । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरले आफ्नो पार्टी आगामी संघीय संसद्को निर्वाचनमा एक्लै लड्ने स्पष्ट पारेका छन् । उनले चुनाव देश र लोकतन्त्रलाई बलियो बनाउनको लागि हुनुपर्नेमा जोड दिए । उनले भने,‘लोकतन्त्र बलियो बनाउनको लागि र देशलाई सही दिशामा हिँडाउनको लागि पनि दलहरु आफ्नो घोषणापत्र लिएर एक्लाएक्लै चुनावमा जानुपर्छ । आफ्नो नीति, कार्यक्रम र सिद्धान्तको साथ जानुपर्छ ।’

०७४ को निर्वाचनमा एमाले र माओवादीले पार्टी एकता गर्ने उद्देश्यका साथ गठबन्धनको गरेको महरको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफ्नो पार्टी पाँच दलीय गठबन्धनको विपक्षमा रहेको सुनाए । उनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार राष्ट्रियताको मामिलामा धेरै नै कमजोर भएको टिप्पणी गरे ।

उनले भने,‘यो सरकारले हाम्रो राष्ट्रिय स्वाधिनताको रक्षा गर्नै सकेन । सरकारले नेपाललाई विदेशीहरुको बुटले कुल्चिने ठाउँमा पुर्यायो । आज नेपालीहरुलाई लाजमर्दो कुरा भयो ।’ सरकारले एसपिपी अस्विकार गरेको भनेपनि अहिलेसम्म पनि किन पत्राचार गर्न सकेन ? भन्दै महरले प्रश्न उठाए ।



प्रतिक्रिया दिनुहोस्