Logo

सञ्जय दत्तको जन्मदिन आज, ९ वर्षको उमेरमा चुरोट पिउन थाले, लागुऔषध र अफेयरका कारण विवादमा परिरहे



एजेन्सी, १३ साउन । बलिउड स्टार सञ्जय दत्तको प्रोफेशनल लाइफभन्दा पनि पर्सनल लाइफको चर्चा बढी हुन्छ ।

सञ्जयको जन्म २९ जुलाई १९५९ मा सुपरस्टार सुनिल दत्त र नरगिसको घरमा भएको थियो । उनले फिल्म ‘रकी’ बाट अभिनयमा डेब्यु गरेका हुन् ।

सञ्जयले आफ्नो फिल्मी करियरमा १८७ फिल्ममा अभिनय गरेका छन् । सञ्जयको जीवन उथलपुथलले भरिएको थियो ।

उनी १९८० को दशकमा चरस, गांजा र ड्रग्सको लतका कारण चर्चामा रहे र त्यसपछि सन् १९९३ को मुम्बई बम विस्फोटमा उनको नाम अन्डरवर्ल्डसँग पनि जोडियो । आज सञ्जय दत्तको ६३ औं जन्मदिन हो ।



प्रतिक्रिया दिनुहोस्