Logo

एसपिपी अघि नबढाउने भनेर साउन ९ गते नै सरकारले अमेरिकालाई पत्र पठाइसकेको छ : परराष्ट्रमन्त्री डा. खड्का (भिडिओसहित)



काठमाडौं, १३ साउन । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ अघि नबढाउने भनेर नेपाल सरकारले साउन ९ गते (जुलाई २५) मा अमेरिकी सरकारलाई पत्र पठाइसकेको स्पष्ट पारेका छ्न । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले यस्तो स्पष्ट पारेका हुन् ।

उनले भने,‘साउन ९ गते कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णयसहितको लिखित जानकारी अमेरिकी सरकारलाई गराइसकेको छ ।’ उनले सम्मानित सदन र सांसदहरुले यसबारेमा दिएको निर्देशन र सल्लाह तथा सुझावलाई भने आफूले स्वागत गरेको बताए । पत्राचारको लागि आन्तरिक तयारी गर्नुपरेकोले केही समय लागेको उनको स्पष्टोक्ति थियो ।



प्रतिक्रिया दिनुहोस्