Logo

जनार्दन शर्मामाथिको आरोप पुष्टि नभएपछि आउँदो हप्ता अर्थमन्त्री बन्ने



काठमाडौं, १३ साउन । नेकपा एमालेले फुटेज प्रकरण उठाएपछि छानविनका लागि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिए । प्रतिनिधि सभाको रोष्टममा उभिएर उनले राजीनामा दिंदा छानविनलाई सहज बनाउन नैतिकताका आधारमा मार्ग प्रशस्त गरेको बताइरहँदा एमाले सांसदहरु बाहिरिएका थिए ।

एमालेले बजेटमा करको दर हेरफेरमा अनाधिकृत व्यक्ति तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले छिराएको विषय उठायो । तर, छानविन समितिले सीसीटीभी फुटेज हेर्दा पनि केही देखिएन । छानविन प्रतिवेदन आज संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउँदैछ ।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले हेर्दा कोहीपनि छिरेको पुष्टि हुन सकेन । सिंहदरबारको मूलढोकाको फुटेज गृहसँग माग्दा १६ दिनभन्दा बढीको फुटेज नहुने गरेको जवाफ गयो । यसबाट एमालेले शर्मामाथि लगाएको आरोप निराधार ठहरिने भएको छ । यसबाट एमालेको आरोप उसैलाई भारी भएको छ ।

संसदीय विशेष समितिले फुटेज हेर्दा पनि आरोप प्रमाणित नभएपछि एमालेका सांसदहरुले आफ्नो आरोपको बचाऊ गर्न फरक मत राखेको बुझिएको छ । तर, एमालेको आरोप हात्ति आयो हात्ति आयो फुस्सा भएको छ ।

संसदीय विशेष समितिले बजेट निर्माणमा असम्बन्धित व्यक्ति पसेर करकोदर हेरफेरको आरोप पुष्टि गर्ने आधार भेटेन । सभामुख सापकोटाले शर्मामाथिको आरोप पुष्टि नहुने घोषणा गर्ने निश्चित छ । यसकारण शर्मा पुनः अर्थमन्त्रीका रुपमा फर्कने निश्चितप्रायः छ ।

शर्माको छानविन अवधिभर प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्री नियुक्त गरेनन् । उनी आफैले अर्थ मन्त्रालय सम्हाले । अब फेरि शर्मा उक्त मन्त्रालयमा फर्कने निश्चित देखिएको छ । शर्मा आउँदो हप्ता अर्थमन्त्री नियुक्त हुने विश्वस्त स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्