Logo

भारतीय विदेश सचिव क्वात्रासँग नेपाली राजदूत शर्माको भेटवार्ता



काठमाडौं, १३ साउन । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् ।

क्वात्रासँगको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे छलफल भएको बताईएको छ ।

राजदूत शर्माले अहिलेसम्म विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्न सकेका छैनन् ।

उनलाई जयशंकरले त्यति महत्व नदिएको भनेर नेपालमा आलोचना भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्