Logo

कर्मचारी नहटाउन माग



काठमाडौँ,१३ साउन । नेकपा (एमाले) ले नयाँ आर्थिक वर्षको थालनीसँगै सङ्घ, प्रदेश र स्थानीय सरकारले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्न थालेको भन्दै कर्मचारी नहटाउन माग गरेको छ ।

एमालेको सङ्घीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले आज विज्ञप्ति जारी गरी सो माग गरेको हो ।

सो विज्ञप्तिमा निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीलाई नियमितरुपमा काममा लगाउन र उनीहरुको पेशागत सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्