Logo

नेपाल आउँदा बसेको मायापछि भएको थियो डोनाल्ड लूको विवाह



काठमाडौं, १३ साउन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आफ्नो व्यक्तिगत जीवनको रहस्य खोलेका छन् । नेपाल भ्रमणमा रहेका उनले भिडिया सन्देशमार्फत् आफ्नो नेपालसँगको गहिरो साइनोबारे खुलासा गरेका हुन् ।

३० वर्षअघि नेपाल भ्रमणमा आउँदा डोनाल्ड लूको एकजना महिलासँग प्रेम सम्बन्ध भयो । लूले यही प्रेम ४ वर्षपछि विवाहमा परिणत भएको र दाम्पत्य जीवन सुखद चलिरहेको खुलाए ।

डोनाल्ड लू ले २६ वर्ष अघि नेपालमै प्रेम सम्बन्ध भएकी महिलासँग विवाह गरी दुई छोराछोरी आलिया र किप्लिङ रहेको समेत बताए ।

१९९३ मा नेपाल पहलिोपटक आउँदा सडकमार्गबाट दार्जिलिङ्ग हुँदै प्रवेश गरेको खुलाए । उनले सीमाबाट सार्वजनिक बस चढेको बताए । जनकपुर, चितवन घुमेर काठमाडौं आएको स्मरण गरे ।

लूले नेवारी खानुकुरा खूबै मनपर्ने बताए । पाटन दरबार घुमेको समेत बताए ।

उनले भिडियोमा भनेका छन्,‘नेपाल सधै मेरो मुटुमा नजिक रहने ठाउँ हो किनभने म पहिलोपटक प्रेममा परेको यहीँ हो ।’



प्रतिक्रिया दिनुहोस्