Logo

जनार्दनको नाममा सांसदहरुको ७५ घन्टा खेर गयो



काठमाडौं, १३ साउन । ११ सांसदका लागि १७ दिनको कार्यविधि २३ वटा बैठक कुल ७५ घन्टा समय व्यतित । जनार्दन शर्माले करको दर हेरफेर गर्न बजेटमा असम्बन्धित व्यक्ति भित्राएको आरोपका लागि खर्चिएको समय हो यो ।

देशको संसदमा केही दिन यसै विषयमा बहस चल्यो । सांसदहरुले यही बहसबाट भत्ता समेत लिए । अर्थमन्त्रीका रुपमा शर्माले छानविन सहज बनाउन राजीनामा पनि दिए । तर, लगाइएको आरोप केही भेट्टिएन ।

प्रहरीको विधि विज्ञान प्रयोगशालाले उपलब्ध गराएको फुटेज देखि सम्बन्धित कर्मचारी र आशंकित व्यक्तिहरुसँग पनि बयान लियो । तर, हात्ति आयो हात्ति आयो भयो । समितिको प्रतिवेदनमा पनि आरोपमा उल्लेख भएको तथ्यप्रमाण नभट्टिएको खुलाइएको छ । त्यसपछि सिंहदरबार प्रवेश गर्ने दक्षिण र पश्चिमतर्फको गेटमा रहेको सीसीटीभी क्यामराको फुटेज माग गर्दा १६ दिनसम् मात्र फुटेजको अभिलेख रहने प्रत्युत्तर प्राप्त भएको उल्लेख छ ।

शर्मामाथि लगाइएको आरोप केही सांसदहरुको स्टन्ट सिवाय केही भएन । फुटेजमा केही नभेट्टिएपनि केही सांसदहरुले फरक मत राखे । जुन प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्