Logo

प्राज्ञिक विद्यार्थी परिषदद्वारा निलकण्ठमा व्यक्तित्व विकास तालिम



काठमाडौं, १३ साउन । प्राज्ञिक विद्यार्थी परिषद, नेपालको आयोजनामा धादिङको निलकण्ठ नगरपालिकामा व्यक्तित्व विकास तालिम आयोजना भइरहेको छ । जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम १३ र १४ साउनमा गर्ने गरी सुरु भएको हो ।

तालिम उदघाटन समारोहमा निलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, महासचिव छितराज न्यौपाने सहभागी भए ।

तालिममा विभिन्न कलेजमा अध्ययनरत १२० प्रशिक्षार्थी उपस्थित थिए । उनीहरुले व्यक्तित्व विकासको तालिम लिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot