Logo

इजरायली राजदूत गोडरद्धारा फ्रन्टलाइन अस्पतालको अवलोकन



काठमाडौं, १३ साउन । नेपालका लागि इजरायलका राजदूत हनान गोडरले नेपालका अस्पतालहरुमा फ्रन्टलाइन नेपालकै उत्कृष्ट अस्पताल भएको बताएका छन् । शुक्रबार पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालको अवलोकन गर्ने क्रममा राजदूत गोडेरले फ्रन्टलाइन उपकरण देखि जनशक्ति सबै हिसाबले अन्य अस्पताल भन्दा उत्कृष्ट भएको औल्याए ।

इजरायल एउटा सानो देश भएपनि त्यहाँका अस्पतालहरु प्रविधिले भरिपूर्ण छन् । नेपालको फ्रन्टलाइन अस्पताल पनि अन्तराष्ट्रियस्तरका अस्पताल भन्दा कमजोर नपाएको राजदूत गोडरले बताए । उनले अस्पतालका सबै विभाग र वार्डहरुको अवलोकन गरेका थिए । राजदूत गोडेरलाई अस्पतालका ’चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज’ डा चक्रराज पाण्डेले अस्पतालको समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए ।

उक्त अनुगमन पछि गोडरले फ्रन्टलाइन अस्पतालले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको बताए । राजदूत गोडेरले भनेका छन्, फ्रन्टलाइन अस्पतालको अवलोकनबाट नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गरेको स्पष्ट हुन्छ ।

विगत १० वर्षअघि आफु नेपालमा पहिलोपटक राजदूत भएर आएको अवस्थामा भन्दा अहिले स्वास्थ्य क्षेत्रमा तीव्र विकास भएको बताए । उनले नेपाल र इजाराइलको सम्बन्ध निकै पुरानो भएको पनि बताए । स्वास्थ्य क्षेत्रमा दुईदेशबीच सहकार्य भइरहेको र त्यसलाई थप बढाउने जानकारी दिए ।

यता फ्रन्टलाइन अस्पतालका अध्यक्ष नवराज पाण्डेले अन्य अस्पताल भन्दा फरक तरिकाले अन्तर्राष्ट्रियस्तरको उपचार सेवा दिनका लागि अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पतालले अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिमा जोड दिएको छ ।

त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले नेपालको चिकित्सा क्षेत्रमा भइरहेको विकाससँगै स्वास्थ्य प्रविधिमा आइरहेका नयाँ नयाँ विकासले उपचारमा सहजता आइरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्