Logo

एनआरएनएले भन्यो-नागरिकता विधेयक पारित भएपछि मातृभूमिप्रतिको दायित्व बढ्यो



काठमाडौं, १३ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सङ्घीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नाराले सार्थकता पाएको जनाएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै विधेयक पारित भएपछि गैरआवसीय नेपालीको मातृभूमिप्रतिको दायित्व अझै बढेको महसुस भएको जनाएको हो ।

नेपालको संविधानको २०७२ को धारा १४ मा गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने व्यवस्था छ । सो नागरिकता पाउने व्यक्तिलाई आमनेपाली सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त हुनेछ । त्यस्तो नागरिकता पाउने व्यक्तिले मतदान गर्न पाउने छैनन् ।

यसबाट संसारभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्नुका साथै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्रयाउन पनि मार्गप्रशस्त गर्ने र समृद्ध नेपाल निर्माणमा थप टेवा पुग्ने सङ्घको विश्वास छ । सङ्घले विधेयक पारित गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकटसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्