Logo

चेल्सीको सहज जीत



एजेन्सी । इंग्लिस क्लब चेल्सीले प्रि-सिजनमा सहज जीत निकालेको छ । गएराति भएको मैत्रीपूर्ण खेलमा चेल्सीले उडिनेसेलाई ३-१ गोलले पराजित गरेको हो ।

डासिया एरिनामा भएको खेलमा चेल्सीलाई जीत दिलाउन एनगोलो कान्टे, रहिम स्टेरलिङ र मेसन माउन्टले एक/एक गोल गरे । उडिनेसेको लागि जेरार्ड डोउलोफेउले एक गोल फर्काए । पहिलो हाफ २-१ गोलमा सकिएको खेलको दोस्रो हाफमा चेल्सीले एक गोल थप्दै सहज जीत निकालेको हो ।

यसअघि भएको दुई खेलमा चेल्सी आर्सनलसँग ४-० र चार्लोट्टी एफसीसँग पेनाल्टी सुटआउटमा ६-४ गोलले पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्