Logo

वेस्ट इण्डिजविरुद्धको पहिलो टि-२० आईमा भारत विजयी



एजेन्सी । वेस्ट इण्डिज भ्रमणमा रहेको भारतले पहिलो टि-२० आईमा सहज जीत निकालेको छ । शुक्रबार राति भएको खेलमा घरेलु टोली वेस्ट इण्डिजलाई ६८ रनले पराजित गर्दै भारतले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको हो ।

जीतको लागि १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनमात्र बनाउन सक्यो । वेस्ट इण्डिजको लागि शमारह ब्रोक्सले २०, केमो पाउलले १९, निकलोस पोरानले १८, केए मायर्सले १५, रोव्भन पावेल र शिमारोन हेटमायरले १४/१४ रन बनाउँदा अकेल होसेइनले ११ रनको योगदान गरे ।

भारतको लागि रविचान्द्रन आश्विन, अर्शदिप सिंह र रवि बिश्नोईले २/२ विकेट लिँदा भुवनेश्वर कुमार र रविन्द्र जडेजाले एक/एक विकेट लिए ।

ब्रायन लारा स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९० रन बनाएको थियो । भारतको लागि रोहित शर्मा र दिनेश कार्तिकले विस्फोटक ब्याटिङ गर्दै टोलीको योगफल विशाल बनाएका थिए । कप्तान रोहित शर्माले ४४ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६४ रन बनाउँदा दिनेश कार्तिकले १९ बलमा ४१ रन बनाए । उनले १९ बलमा ४ चौका र २ छक्का हिर्काए । यस्तै सूर्यकुमार यादवले २४, रविन्द्र जडेजाले १६, ऋषव पन्तले १४ र रविचन्द्रन आश्विनले १४ रन जोडे ।

वेस्ट इण्डिजको लागि अल्जारी जोसेफले दुई विकेट लिँदा ओबेड म्याककोए, जेसन होल्डर, अजेल होसेइन र केमो पाउलले समान एक/एक विकेट लिए । अब दुई टोलीबीचको दोस्रो टि-२० आई सोमबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्