Logo

ललितपुरका पुराना काँग्रेस नेता भरतलालद्वारा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा



काठमाडौं, १४ साउन । ललितपुरका पुराना काँग्रेस नेता भरतलाल न्याछ्योले विद्रोह गरेका छन् । उनले आज ललितपुर क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

ललितपुर महानगरपालिकाको मेयरका दाबेदार रहिसकेका न्याछ्यो काँग्रेसभित्र लामो समययता सक्रिय थिए । उनी पटक पटक नेतृत्वको पेलाईमा परे । अन्ततः स्वतन्त्र उम्मेदवारी घोषणा गरे ।

भरतललाले सामाजिक सञ्जालमा हिन्दू राष्ट्रको पुनः स्थापनालाई एजेन्डा बनाएका छन् । उनले दलीय निरंकुशताको अन्त्य, राष्ट्रिय स्वाभिमानको रक्ष्ाँ, प्रदेश सभा खारेजी, भ्रष्टाचारमुक्त समाज पनि आफ्नो एजेन्डा हुने बताएका छन् ।

ललितपुर क्षेत्र नं ३ अन्तर्गतको ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदाको संरक्षण संवद्र्धनलगायतका कार्य पूरा गर्ने प्रतिवद्धता समेत उल्लेख गरेका छन् ।

यसअघि शुक्रबार साँझ न्याछ्योले नवकार्यकर्ताहरुको गुटबन्दी, धन र गुण्डा शैलीले राजनीतिक दलका पुराना, त्यागी, निष्ठावान कार्यकर्ताहरु विस्थापित भएकोे भन्दै आक्रोश पोखेका थिए ।



प्रतिक्रिया दिनुहोस्