Logo

सिंगापुरको बहुतल्ले कार पार्किङमा कृषि उत्पादन



एजेन्सी, १४ साउन । नेपालमा प्रशस्त उर्वर जमिनहरु छन् । यहाँ सँसारमा पाइने थरी थरीका मौसम र भूगोल रहेकाले उत्पादनहरु पनि अनेकन हुन्छन् । तरपनि देश कृषि उत्पादनमा आत्मनिर्भर छ्रैन । भएको कतिपय जमिन बाझो छन् । कतिपयको सही उपयोग हुन सकेको छैन ।

सिंगापुरमा जमिनको कमी छ । उत्पादन गर्ने जमिन नभएपछि कार पार्किङमा समेत कृषि उत्पादन हुन थालेको छ ।

बहुतल्ले कार पार्किङमा कृषकहरुले दैनिक सयौं केजी तरकारी उत्पादन गर्न थालेका छन् । आन्तरिक माग पूरा गर्न कार पार्किङको समेत प्रयोग हुन थालेका छन् । त्यहाँ धेरै कार छन् र पार्किङ पनि अत्याधिक ।

सिंगापुरको ५५ लाख जनसंख्याका लागि ९० प्रतिशत खाद्यान्न आयात हुन्छ । कृषिमा आत्मनिर्भर बन्न सिंगापुरलाई मुश्किल छ । तर, कार पार्किङमा समेत कृषि कार्य हुन थालेको छ । कतिपय पार्किङले वार्षिक १६ हजार टन तरकारी उत्पादन गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्