Logo

४ मंसिरमा चुनाव गर्ने गरी मन्त्रिपरिषदले सोमबार निर्णय लिने



काठमाडौं, १४ साउन । कुनै अप्रत्याशित घटना नभए सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको मिति घोषणा गर्ने भएको छ । निर्वाचन आयोगको सुझाव अनुसार सरकारले ४ मंसिर २०७९ मा चुनाव गर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्नेछ ।

मन्त्रिपरिषदको निर्णलाई राष्ट्रपतिले सदर गर्ने परम्परा नै छ । त्यसैले यसपाली मंरिमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुने निश्चितप्रायः छ । चुनाव एकै चरणमा हुने बुझिएको छ ।

चुनावको मिति साउनको पहिलो हप्ता नै गर्ने तयारी थियो । तर, केही महत्वपूर्ण विषयका कारण अलमल भयो । नागरिकता विधेयक राष्ट्रिय सभाले समेत पारित नगुरुञ्जेल मिति घोषणा नगर्न प्रचण्डले आग्रह गरे ।

नागरिकता विधयेक पारित भएपछि नयाँ नागरिकता पाउनेका लागि पनि मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने विषय सत्ता गठबन्धनभित्र उठिरहेको छ । त्यसैले फागुनसम्मका लागि चुनाव सार्न सुझाव पनि नआएको होइन । तर, प्रधानमन्त्री शेरबहादुर देउवा आवधिक चुनावकै पक्षमा उभिए । जसका कारण ४ मंरिमा चुनाव हुने निश्चित जस्तै छ ।

सरकारले २ मंसिरमा चुनाव गर्न खोजेको थियो । तर, शुक्रबार मुसलमानहरु प्रार्थनाको दिन भएकाले ४ फागुनका लागि सारिएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्