Logo

ओलीको गृहजिल्ला झापा पुगेर मन्त्री चौधरीले भने-केपी ओली संघीय गणतन्त्र नेपालको दुश्मन हो



काठमाडौं, १४ साउन । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य एवम् सहरी विकासमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शमा ओलीलाई संघीय गणतन्त्र नेपालको दुश्मनको संज्ञा दिएका छन् । पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले आगामी संघीय संसद्को निर्वाचनसम्म नै पाँच दलीय गठबन्धन कायम रहने बताए । उनले ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र नभएर लोकतन्त्र नै धरापमा पर्ने ठोकुवा गरे । दुई तिहाइ नजिकको बहुमतलाई ओलीले दुरुपयोग गरेर लोकतन्त्र मास्न खोजेकाले आफूहरुले विद्रोह गरेको र नयाँ पार्टी जन्मााएको उनको भनाई थियो । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्