Logo

प्रचण्ड र माधव नेपाल खुशी भएको त कांग्रेसलाई एक नम्बर पार्टी बनाउन सकियो भनेर हो : प्रदीप ज्ञवाली (भिडिओसहित)



काठमाडौं, १४ साउन । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिमा सर्वसम्मत् निश्कर्ष ननिस्किएको खुलासा गरेका छन् । उनले समितिले सर्वसम्मति प्रतिवेदन पनि नदिएको खुलासा गरेका छन् ।

हिजो राति प्राइम टिभबिाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले शर्मामाथिको छानबिनको प्रतिवेदन सत्ता पक्षका बहुमत सदस्यहरुको धारणा रहेको सुनाए । उनले एमालेसँग विचार मिल्नेहरुसँग सहकार्य हुने बताए । ज्ञवालीले प्रचण्ड र माधव नेपालहरु अहिले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सकियो भनेर खुशी भएको टिप्पणी गरे ।

उनले भने,‘कांग्रेसलाई एक नम्बरको बनाउन खुशीयाली साट्ने, कम्युनिष्टको सरकार ढाल्नको लागि निर्णायक बन्नेहरुलाई पनि वामपन्थी भन्ने हो भने त वामको परिभाषा चेन्ज गर्नुपर्छ । त्यहीपनि राजनीतिमा सधैंभरि एउटै स्थिति नरहन सक्छ, कांग्रेसको एजेण्डा क्लियर छ, चुनावपछि उहाँहरु तथाकथित वामलाई पनि नराखिकन सके एकल बहुमतको, होइन भने गैरकम्युनिष्टलाई मिलाएर सरकार बनाउने हो ।’

उनले आधारभुत सिद्धान्तमा आफूहरुले सम्झौता नगर्ने सुनाए । उनले प्रचण्ड र माधव नेपाललाई अहिलेको गठबन्धन छोड्न पनि आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्