Logo

सहकारी डुब्न थालेपछि सञ्चालकहरु भागाभाग



काठमाडौं, १४ साउन । देशमा आर्थिक संकट गहिरिदै जाँदा सहकारी सञ्चालकहरु भागाभागको क्रम बढेको छ । योजनावद्ध रुपमा केही व्यक्ति मिलेर सहकारी सुरु गर्ने, बचतकर्तालाई विभिन्न आकर्षण देखाएर रकम जम्मा गर्न लगाउने र लगानी आफै गर्ने फरार हुने क्रम बढेको हो ।

हालैमात्र गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक फरार भएका छन् । करोडौं रकम डुबाएर सञ्चालक फरार भएपछि बचतकर्ताहरुले सम्बन्धित निकायमा गुहारेका छन् । सहकारी सञ्चालक रामबहादुर गौतमले अन्य व्यवसायमा लगानी गरेर डुबेको खुलेको छ ।

यसअघि कालिमाटीको साइनिङ स्टार सहकारी पनि डुबेको थियो । सञ्चालक जेल समेत परे । तर, केही पीडितले योजनावद्ध तरिकाले अदालतबाट सञ्चालकको घरजग्गा हात पारेर विक्री समेत गरे । बाँकी सहकारी पीडितहरुलाई हेरेको हेरै बनाएपछि यो मुद्दा अदालतमा विचाराधीन छ । सहकारी पीडितको एउटा समूहले बेचेकोले उक्त समूह पनि समस्यामा पर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्