Logo

शेखर कोइरालालाई कोरोना सङ्क्रमण



काठमाडौं, १४ साउ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ । आज बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको हो ।

उनका स्वकीय सचिव दिनेश थपलियाका अनुसार नेता कोइरालालाई आज बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो । अहिले नेता कोराइरदलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशन शै्ययामा भइरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्