Logo

मेडिसिटी अस्पतालले भन्यो-प्रदीप गिरीको स्वास्थ्य अवस्था सामान्य छ



काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिए ।

“उहाँको स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने,“अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।” अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्