Logo

होल्डिङ सेन्टरमा २९ करोड लगानी, प्रयोग अन्योल



नेपालगन्ज, साउन १५ । नेपालगन्जमा एक हजार बेडको ‘होल्डिङ सेन्टर’ तयार भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१४, भवानीयापुरमा २९ करोडको लागतमा होल्डिङ सेन्टर तयार गरिएको हो ।

ठेकेदार कम्पनी हनुमान कन्ट्रक्सनले सबै संरचना बनाएर नेपाली सेनालाई हस्तान्तरण गरेको छ । श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तम विष्टले होल्डिङ सेन्टरको स्वामित्व ग्रहण गरेका छन् ।

बाहिनीपति विष्टले सेनाले छिट्टै नेपाल सरकारलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गर्ने जानकारी दिए । स्वामित्व हस्तान्तण स्थानीय निकायलाई हस्तान्तरण गर्ने कि प्रमुख जिल्ला अधिकारीलाई भन्नेबारेमा भने टुंगो लागिसकेको छैन ।

सुरुआती दुई चरणमा बाँके कोरोनाको ‘हटस्पट’ बन्यो । कोरोनाका बिरामीले अस्पताल भरिए । सबै पालिकामा क्वारेन्टाइन र आइलोसेलन सेन्टरहरू बने । नेपालगन्जको भेरी अस्पतालमा भुइँमा राखेर उपचार गर्ने अवस्था आयो ।यी सबै अवस्थाले होल्डिङ सेन्टरको अवधारणा अघि सारियो ।

२०७८ साउनमा नेपालगन्जमा हजार बेडको होल्डिङ सेन्टर बनाउन सम्झौता भयो । असोज २४ गते सम्पन्न गर्ने भनिएको थियो । त्यस अवधिमा काम पूरा भएन । पुससम्म म्याद थपियो ।

त्यसमा पनि काम भएन र चैत्र मसान्तसम्म काम लम्ब्याइयो । यो अवधिमा ठेकेदारले काम सक्यो र सेनालाई हस्तान्तरणको प्रक्रिया अघि बढायो । शुक्रबारदेखि नेपाली सेनाले होल्डिङ सेन्टरको जिम्मा लिएको छ । २९ करोड ३८ लाख २ हजार ८९ रुपैयाँमा ठेक्का भएको होल्डिङ सेन्टर १० लाख हाराहारी घटेर काम सकिएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्