Logo

स्वास्थ्य मन्त्रालय चुप लागेर बसेको छैनः मन्त्री



काठमाडौं, १५ साउन । स्वास्थ्य मन्त्री भवानी खापुङले कोभिड संक्रमण बढेको स्थितिमा सबै सरकारी अस्पताललाई तयारी अवस्थामा राखेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खापुङले भने, “कोभिड संक्रमण पहिलेको तुलनामा बढेको छ । तर अस्पतालमा ठूलो संख्यामा बिरामी भर्ना हुने क्रम देखिएको छैन । यसमा हामी सबै सजग र चनाखो हुनपर्छ । हामीले सबै सरकारी अस्पताललाई तयारी अवस्थामा राखेका छौं । स्वास्थ्य मन्त्रालय चुप लागेर बसेको छैन ।”
खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय सरकार नै लाग्नुपर्ने पनि उनले औंल्याए । मन्त्री खापुङले भने, “अहिले खोपको अभाव छैन । खोप लगाउन नपाएर फर्कनु परेको अवस्था छैन । पहिलो र दोस्रो मात्रा लगाउने बढेका छन् । बुस्टर खोप लगाउने क्रम पनि निरन्तर चलिरहेको छ । तर हामी सबै नागरिकले खोप लगाए भन्ने अवस्थामा पुगेका छैनौं । छुटेकाहरुलाई खोप लगाउन स्थानीय सरकार नै अग्रसर भएर लाग्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्