Logo

युनियन लाइफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी



काठमाडौं, साउन १५ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीको धुम्बाराही शाखाले बीमित कान्छि घिसिङलाई घातक रोग वापतको दाबी भुक्तानी गरेको हो । बीमित घिसिङले २०७७ मंसिर २५ गते युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा घातक रोग प्लस गरी जीबन बीमा गरेकी थिइन् ।

करिब डेढ महिनाअघि उनलाई थाइराइड क्यान्सर भएको कारण कम्पनीले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको हो । दाबी भुक्तानी कार्यक्रममा कम्पनीका डिसिइओ कपिल कुमार दाहाल, डिजिएल माधव प्रसाद शर्माका साथै ट्रेनिङ हेड र धुम्बाराही शाखाका शाखा प्रमुखको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्