Logo

एलन मस्कलाई झड्का, बीवाईडीले टेस्लालाई उछिन्यो



काठमाडौं, साउन १५ । चिनियाँ कार कम्पनी बीवाईडीले टेस्लालाई विद्युतीय कारको शीर्ष बिक्रेताको स्थानबाट उछिनेको छ । तर विश्वको शीर्ष विद्युतीय कार विक्रेता भएर पनि बीवाईडीको नाम पश्चिमामा कमै मानिसले मात्र सुनेका छन् ।
चिनियाँ व्यापारी वाङ चुआनफुले सन् १९९५ मा स्थापना गरेको वीवाईडीले सन् २०२२ को पहिलो ६ महिनामा ६ लाख ४१ हजार विशुद्ध विद्युतीय र हाइब्रिड (मिश्रित) सवारीसाधनहरू बेचेको भएता चीन र एशियाका केही मुलुकबाहिर यसको पहिचान न्युन छ ।

जबकि यो वर्षको आधा समयमा यसले आफ्नो निकट प्रतिद्वन्दी टेस्लाभन्दा ८०,००० बढी कार बेच्यो । तर बीवाईडीको टाङ पीएचईभी हाइब्रिडका कार चलाउने मालिक टोनी फुकोलाई भने शेन्जेनस्थित बीवाईडीको सफलता स्वभाविक लाग्छ ।



प्रतिक्रिया दिनुहोस्