Logo

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते



काठमाडौं, १५ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी भदौ ११ र १२ गते हुने भएको छ । ग्रेडवृद्धि (पुरक) परीक्षा का लागि भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसईईमा फेल भएका परीक्षार्थीहरुले दुई विषयमा मात्रै परीक्षा दिन पाउने व्यवस्था रहेको छ । परीक्षा दिन चाहने विद्यार्थीहरुे ५ सय रुपैया तिरेर फारम भर्न पाउँछन् । परीक्षाको पहिलो दिन अंग्रेजी र एउटा विषयको मात्रै परीक्षा हुने कार्यालयले जनाएको छ ।

दुई विषयको परीक्षा हुनेहरुले सानो कोड भएको विषयको परीक्षा ११ गते दिनुपर्नेछ । दुई विषयका लागि फारम भरेका विद्यार्थीको ठुलो कोड भएको विषयका लागि फारम भरेका विद्यार्थीको ठुलो कोड भएको विषयको परीक्षा हुने जनाइएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ ।



प्रतिक्रिया दिनुहोस्