Logo

अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्ति दिइँदै



काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रको बैठकले अर्थमन्त्रीमा जनार्दन शर्माको नाम सिफारिश गर्ने निर्णय लिदैछ । उनको नाममा निर्णय गरेपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसबारे जानकारी गराएपछि नियुक्ति हुने बुझिएको छ ।

शर्मामाथि बजेटमा करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप थियो । यसबारे संसदीय विशेष समितिले छानबिन गरेपनि पुष्टि हुन सकेन ।

संयोजक लक्ष्मणलाल कर्णले प्रमाण फेला नपरेको प्रतिवेदन १३ साउनको अपरान्ह सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएका थिए । शर्मा निर्दोष प्रमाणित भए ।

यसअघि छानविन समितिलाई काम गर्न सहज बनाउन उनले पदबाट राजीनामा दिएका थिए । तर, अर्थमन्त्रीका रुपमा प्रधानमन्त्री देउवा स्वयं रहेर कसैलाई जिम्मेवारी तोकेनन् । यसलाई शर्मा नै फर्कने पक्कापक्की भएको आँकलन गरिएको थियो । जुन सत्य सावित हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्