Logo

‘दण्डहिनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन्’



काठमाडौं, १५ साउन । संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकमा भएका त्रुटीपुर्ण प्रावधानहरुविरुद्ध नेपाल माओवादी पीडित संघले धर्ना कार्यक्रम गरेको छ ।

आइतबार बिहान संघसहित द्वन्द्व पीडित समुदाय र नागरिक समाजले दण्डहिनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन्, विधेयकका त्रुटिपुर्ण प्रावधानहरु खारेज गर भन्दै माइतीघर मण्डलामा धर्ना दिएको हो ।

माओवादी पीडितहरु ‘पीडकलाई उन्मुक्ति दिने प्रावधानहरु संशोधन गर’, ‘पीडितलाई न्याय सुनिश्चित गर’, ‘पीडकलाई कारवाही गर’, ‘ऐन सशोधन प्रक्रियामा पीडितहरुसँग सार्थक परामर्श गर’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विधेयकको विरोधमा उत्रिएका छन् ।

Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्