Logo

एनसीसी बैंकको पुनः संस्थापक सेयर लिलामीमा



काठमाडौं, १५ साउन । एनसीसी बैंकले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले आजदेखि २६ लाख ३१ हजार १३६ कित्ता शेयर लिलामी बिक्रिमा ल्याएको हो । बैंकले यसअघि दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेका शेयर फेरि लिलामीमा ल्याएको जनाएको छ ।

लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

त्यस्तै, बैंकले लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन साउन २२ गतेसम्म समय तोकेको छ।
बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्