Logo

कांग्रेसलाई फष्ट पार्टी बनाईदिनको लागि अरु कसैले गठबन्धन गर्दैन् : शक्ति बस्नेत (भिडिओसहित)



काठमाडौं, १५ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले आगामी निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो दल कसलाई बनाउने भनेर जनताले निर्धारण गर्ने कुरा भएको बताएका छन् । अहिले नै यो पार्टीलाई बनाउने भनेर नहुने उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धन यथावत रहने दाबी गरे ।

उनले भने,‘कांग्रेसलाई फष्ट पार्टी बनाईदिनको लागि अरु कसैले गठबन्धन गर्दैन् । अथवा, कांग्रेस जहाँसुकै जाओस, माओवादीलाई सेकेण्ड पार्टी बनाईदिनको लागि पनि उसले गठबन्धन नगर्ने होला । त्यसकारण छलफल यसरी होईन, यो गठबनधनबाट देश र जनताले के पाउँछन् ? यो कुरा छलफलको विषय हो ।’

उनले अहिलेको पाँच दलीय गठबन्धन संविधान, लोकतन्त्र र व्यवस्थाको रक्षाको लागि भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्