Logo

माओवादीको स्थायी कमिटी बैठक स्थगित्, अब प्रचण्ड जापानबाट फर्किएपछिमात्रै बस्ने



काठमाडौं, १५ साउन । नेकपा (माओवादी केन्द्र) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित् भएको छ ।

एक नेताकाअनुसार अर्थमन्त्रीमा जनार्दन शर्माको सपथग्रहणको कार्यक्रम र बैठकको समय एकैपटक परेकोले आजको बैठक स्थगित् भएको हो ।

अब अर्को बैठक कहिले बस्ने भन्नेबारे अन्यौल छ । तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानबाट फर्किएपछि बैठक बस्ने ती नेताले जनाए ।

दाहाल यही साउन २१ गते जापान जाने तय भएको छ । अब बस्ने बैठकले पदाधिकारी पनि टुँगो लगाउने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्