Logo

माओवादी किन बिग्रियो ? महराले सुनाए यस्तो कारण



काठमाडौं, १५ साउन । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले पार्टी सुधारको लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । उनले माओवादीले जनता बिर्सिँदै गएको पनि गुनासो पोखे । पार्टीनिकट प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले अहिले पार्टीको पदाधिकारी चयन गर्न पनि कठिन भएको टिप्पणी गरे । महराले भने,‘हामीले जनता बिर्सियौं । सहर ताक्न थाल्यौं । पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लाग्यौं । हामीलाई अहिले पदमात्रै चाहिएको छ । त्यसैले पदाधिकारी छान्न हामीलाई धौ-धौ भइरहेको छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्