Logo

रुसी हमलामा युक्रेनका धनाढ्य मारिए



एजेन्सी, १५ साउन । रुसी हमलामा युक्रेनका एकजना धनाढ्य मारिएका छन् । ७४ वर्षीय ओलेक्सी भाडाटुरस्काई गएरातिको रुसी बम हमलामा मारिएका हुन् ।

ओलेक्सी युक्रेनका एकजना नामी कृषि व्यवसायी थिए । फोर्बसको अनुमानमा उनको कुल सम्पत्ति ४५ करोड डलर रहेको उल्लेख छ ।

उनको मृत्युले युक्रेनलाई ठूलो क्षति पुगेको बताइएको छ । हमलाका क्रममा होटल, खेलस्थल, दुई विद्यालय र घरहरुमा पनि क्षति पुगेको बताइन्छ ।



प्रतिक्रिया दिनुहोस्