Logo

भारतको सहयोगमा नवनिर्मित तनहुँको श्री दीपक मावि भवनको उद्घाटन



काठमाडौं, १५ साउन । भारत सरकारको अनुदान सहयोगमा बनेको तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले भारत सरकारको अनुदान सहयोगमा बनेको उक्त विद्यालय भवनको आज उद्घाटन गरेका हुन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड १ लाख ९० हजारको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा उक्त भवनको निर्माण भएको नेपालस्थित् भारतीय दूतावासले जनाएको छ ।

उक्त परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक भएको पनि दूतावासले जनाएको छ ।

सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको उक्त विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रुपमा स्तरोन्नत भएको हो । उक्त विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ,। जसमध्ये ६० प्रतिशत छात्रा छन् ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये तनहुँ जिल्लाका ६ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेको पनि भारतीय दूतावासले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्