Logo

पुटिनले देखे ‘अमेरिकाबाट रुसमाथि प्रमुख खतरा’, कसैले रोक्न नसक्ने मिसाइल ल्याइसकेको दाबी



एजेन्सी, १५ साउन । रुसले अमेरिकाबाट उसको सुरक्षामा मुख्य खतरा रहेको निष्कर्षसहितको कठोर रणनीतिहरु अगाडि सारेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाबाट रुसमाथि सबैभन्दा खतरा रहेको उल्लेख गरिएको एउटा नौसैनिक डक्ट्रिनमा हस्ताक्षर गरेका छन् जसले उसको विश्वव्यापी महत्वाकांक्षी योजनाहरु समेत सुरु गर्ने भनेको छ ।

डक्ट्रिन ५५ पेजको छ र रुसको वृहत रणनीतिक उद्देश्यहरु समावेश छन् जसमा नौसैनिक शक्ति विस्तारको विषय छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले आर्टिक र ब्ल्याक सी जस्ता रणनीतिक महत्वका क्षेत्रहरुमा रुसका महत्वाकांक्षी योजनाहरु डक्ट्रिनमा समावेश रहेको जनाएका छन् । जार पिटर द ग्रेटले स्थापना गरेको सेन्ट पिटर्सवर्गमा आयोजित विशेष समारोहमा पुटिनले जिरकन हाइपरसोनिक क्रुज मिसाइलको विषय पनि राखे ।

पुटिनले छोटो भाषणमा उल्लेख गरेको जिरकन मिसाइल अर्को महिनाबाट नौसैनिक जहाजहरुमा जडानका लागि उपलब्ध गराउने बताए । उनले उक्त मिसाइललाई दुनियाँको कुनैपनि अवरोधले रोक्न नसक्ने समेत दाबी गरे ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्