Logo

प्रधानमन्त्री पत्नी डा. राणा उपचारपछि स्वदेश फर्किईन्



काठमाडौं, १५ साउन । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा सफल उपचारपछि आज स्वदेश फर्किएकी छिन् ।

उपचारको क्रममा उनी पछिल्लो समय भारतको नयाँ दिल्लीमा थिईन् ।

उनको पाठेघरसम्बन्धी शल्यक्रिया भएको थियो ।

उनी स्वास्थ्यलाभ गरी आज स्वदेश फर्किएको भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले जानकारी दिएका छन् ।

दिल्ली बसाईको क्रममा उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेटवार्ता गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्