Logo

चुनाव घोषणा हुने भएपछि प्रहरीमा धमाधम काज सरुवा



काठमाडौं, १५ साउन । सम्भवतः सरकारले सोमबार चुनावको मिति घोषणा गर्ने भएको छ । चुनावपछि सरुवा गर्न आचारसंहिताले रोक्ने भएकाले नेपाल प्रहरीका आइजीपी धीरजप्रताप सिंहलगायत सरुवा हेर्ने अधिकारीहरु व्यस्त रहे । उनीहरु काज सरुवा फत्ते गर्न लागेका हुन् ।

आजै १३ एसपीको काज सरुवा भएको छ । जिल्ला प्रहरीको इञ्चार्ज पाउनेहरुमा ज्ञानेन्द्रप्रसाद फुयाल उदयपुर, प्रभुप्रसाद ढकाल सुनसरी, दिलिप घिमिरे ईलाम, रमेश पउिडत नुवाकोट छन् ।

यसैगरी डिएसपी र इन्स्पेक्टरहरुको पनि काज सरुवा हुने बुझिएको छ । काज सरुवा मिलाउन शक्ति केन्द्र धाउनेहरु देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्