Logo

जनार्दन शर्माको अर्थमा पुनरागमन



काठमाडौं, १५ साउन । अर्थमन्त्रीका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै जनार्दन शर्मा मन्त्रालय पुगे । त्यहाँ कर्मचारीहरुले उनको स्वागत गरे ।

तीन हप्ता नबित्दै शर्माको मन्त्रालयमा पुनरागमन भएको छ । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएर पदभारग्रहण समेत गरेका छन् ।

शर्मामाथि करको दर हेरफेरका लागि अनाधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरेको आरोप लागेपछि छानविन भएको थियो । संसदीय विशेष समिति बनाएर छानबिन गर्ने भएपछि उनले राजीनामा दिएका थिए । समितिले निर्दोष ठहराएपछि उनी पुनः नियुक्त गरिए ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्