Logo

महँगी विरुद्ध एमालेले आज जनप्रदर्शन गर्ने



काठमाडौं, साउन १६ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज महँगी विरुद्ध जनप्रदर्शन गर्ने भएको छ। सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले काठमाडौंमा आज जनप्रदर्शन गर्न लागेको हो।

जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट सुरू हुने एमालेले जनाएको छ। वसन्तपुरबाट शुरू हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्