Logo

पार्टी सदस्यता लिएका कर्मचारी, शिक्षक देखि सरकारी नियुक्तिमा रहेकाहरुको खोजी



काठमाडौं, १६ साउन । निर्वाचन आयोगले पार्टी सदस्यता लिएका कर्मचारी, शिक्षक देखि सरकारी नियुक्तिमा रहेकाहरुबारे गम्भीर चासो देखाएको छ । त्यस्ता नियुक्ति खाइआएकाहरु पार्टी सदस्यता रहेमा कारबाहीको भागिदार बन्छन् । तर, मुख्य दलमा आवद्ध त्यस्ता व्यक्तिहरु खुलेआम पार्टी सदस्यता बनेर राज्यलाई नै चुनौती दिने गरेका छन् ।

विशेषगरी, शिक्षण पेशामा रहेकाहरुले राजनीतिक दलमा आवद्ध भई कारबाहीका लागि चुनौती नै दिने गरेका छन् । कतिपयले भने छदम नाममा पार्टीमा कार्य गर्दै आएका छन् ।

प्राध्यापकहरु पनि पार्टीमा आवद्ध छन् । सामुदायिक विद्यालयका शिक्षक देखि कर्मचारीहरु पनि राजनीतिक दलको विभिन्न पदमा छन् । उनीहरु थर पूरा लेखेर अगाडिको नाम अंग्रजी वर्णानुक्रम मात्र राखेर दलमा रहने गरेका छन् ।

पछिल्लो समय राजनीतिक दलमा आवद्ध शिक्षक, प्राध्यापक, कर्मचारीलगायतको खोजी हुन थालेको छ । विशेषगरी नयाँ खुलेका दल र स्वतन्त्र उम्मेदवारहरुले त्यस्ता व्यक्तिको पहिचान खुलाउन थालेका छन् । यसले ठूलै चर्चा पनि पाउने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्