Logo

इंग्ल्याण्ड महिला युरोकप च्याम्पियन



एजेन्सी । इंग्ल्याण्डले युईएफए महिला युरोकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्डले पहिलोपटक युरोकपको उपाधि जितेको हो ।

वेम्बली रंगशालामा भएको फाइनल खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन इलला टोने र चोले केलीले एकरएक गोल गरे । जर्मनीको लागि लिना मागुलले एक गोल फर्काइन्। निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको १ सय १० औं मिनेटमा केलीले गोल गर्दै इंग्ल्याण्डलाई पहिलोपटक युरोकपको उपाधि दिलाएकी हुन् ।

यसअघि ६२ औं मिनेटमा वाल्सको पासमा टोनेले गोल गर्दै इंग्ल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिइन् । ७९ औं मिनेटमा टाबेआको पासमा मागुलले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याएकी थिइन् ।

यसअघि तीनपटक फाइनल पुगेको इंग्ल्याण्डले उपविजेतामा चित्त बुझाएको थियो । आठपटकको च्याम्पियन जर्मनीको यस हारसँगै फाइनलमा अपराजित यात्रामा समाप्त भएको छ ।



प्रतिक्रिया दिनुहोस्