Logo

धरानमा बराह सहकारीपीडित आन्दोलित, मेयर साम्पाङको कार्यकक्ष तोडफोड



काठमाडौं, १६ साउन । धरानमा बराह सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कार्यकक्ष समेत तोडफोड गरेका हुन् ।

बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुख दिइएको भन्दै निक्षेपकर्ताहरुले आन्दोलन गर्दै आएका छन् । आइतबार प्रदर्शनकारीको जमातले उपमहानगरपालिकामा पुगेर तोडफोड गर्न समेत भ्याएका हुन् ।

धरानका २० वटै वडाका निक्षेपकर्ताहरु आफुहरु सहकारी पीडित भएको भन्दै विगत १ वर्षदेखि आन्दोलनमा छन् । ‘मलाई सोधेर पैसा दिएको हो र’ भन्ने मेयर साम्पाङको जवाफले पीडितहरु झन आक्रोसित भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot