Logo

आजको क्याविनेट बैठकले निर्वाचनको मिति घोषणा नगर्ने



काठमाडौं, १६ साउन । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आजको बैठकले आगामी संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने भनिएको थियो । तर, सरकारका एक मन्त्रीकाअनुसार आजको बैठकले निर्वाचनको मिति घोषणा नगर्ने भएको छ ।

उनकाअनुसार आजको बैठकमा निर्वाचनको मितिबारे छलफल भने हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले भने आगामी मंसिर ४ वा ५ गतेमध्ये एउटा मितिमा संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्नेगरि घोषणा गर्ने तयारी गरेका छन् ।

सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले पनि निर्वाचनको मिति चाँडै घोषणा गर्न दबाब दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरुले भने यो सरकारले निर्वाचन सार्न षड्यन्त्र गरिरहेको आरोप लगाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot