Logo

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाई



काठमाडौं, १६ साउन । छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए । त्यसलगत्तै उनी आइसोलेसनमा बसेका छन् ।

जुलाई २१ मा कोरोना भाइरस सङ्क्रमण भएका उहाँ आइसोलेसनबाट निस्किएलगत्तै पुनः आइतबार उनी सङ्क्रमणमा परेका थिए । एक दिनमात्र अघि आइसोलेसनबाट निस्किनुभएका उनलाई शनिबार परीक्षण गर्दा पुनः कोरोना भाइरस पोजेटिभ देखिएको ह्वाइट हाउसका चिकित्सक डा केभिन ओ कनरले जानकारी दिए।

डा कनरका अनुसार राष्ट्रपति बाइडेनलाई पुनः आइसोलसनमा बसेका छन् । तर, उनको उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको डा कनरले बताए । उनले एक सूचनामा राष्ट्रपति बाइडेन पुनः आइसोलेसनमा बस्नुभएको छ र उहाँले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्ने भएका छन् ।

७९ वर्षीय राष्ट्रपति बाइडेनले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको तर कुनै पनि लक्षण नदेखिएको बताएका छन् । उनले ट्वीट गर्दै आफू स्वस्थ रहेको तर अरुलाई कसैलाई असर नगरोस भनेर आफू जनस्वास्थ्यका मापदण्डहरु अपनाएर आइसोलेसनमा बसेको बताए । एजेन्सीको सहयोगमा 

FILE PHOTO



प्रतिक्रिया दिनुहोस्