Logo

नेपाली कांग्रेसका तीन भातृ संस्थाद्धारा भुम्लु गाउँपालिकालाई जस्तापाता र त्रिपाल वितरण



काभ्रे, १६ साउन । नेपाली कांग्रेसको भातृ सस्थाहरुले भुम्लु गाउँपालिकालाई जस्तापाता र त्रिपाल वितरण गरेका छन् ।

कांग्रेस भुम्लु गाउँपालिका ईकाई समिति, नेपाल विद्यार्थी संघ र तरुण दलले गाउँपालिकालाई विपद्मा परेका नागरिकहरुलाई सहयोग पु¥याउने उद्धेश्यले संयुक्त रुपमा उक्त सामान वितरण गरेका हुन् ।

अविरल बर्षाका कारण भुम्लु गाउँपालिकाको विभिन्न स्थानमा पहिरोका कारण बस्ति जोखिममा परेर नागरिकलाई समस्या भएपछि गाउँपालिकामाफर्त नागरिकलाई सहयोग गर्न सो सामग्री उपलब्ध गराएको नेविसंघका नेता अञ्जनराज खतिवडाले जानकारी दिए ।

त्यस्तै, तरुण दलका नेता सुजन लामा र कांग्रेस भुम्लु गाउँपालिका ईकाई सचिब सदिक्षा लामा आफैले गएर वितरण गर्नुभन्दा पनि स्थानीय सरकारबाट नै वितरण गर्दा वास्तविक पीडित समक्ष पुग्ने विश्वास रहेको सुनाए । उनीहरुले वितरण गरेको सामान छिटो भन्दा छिटो वास्तविक पीडितसम्म पु¥याउन समेत अनुरोध समेत गरेका छन् ।

अध्यक्ष प्रेम बहादुर भुजेलले विपद्को वेलामा सहयोग गर्नु सबै सचेत नागरिकको दायित्व भएको उल्लेख गर्दै विपद्बाट समस्यामा परेका नागरिकलाई सहयोगको लागि उपलब्ध गराएको सामग्रीले पालिकालाई समेत ठुलो हौसला मिलेको बताए ।

अविरल बर्षाका कारण भएको समस्यालाई सम्झेर भुम्लुवासिन्दालाई सम्झेर गरेको सहयोग अतुलनिय रहेको उनको भनाई थियो । सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुपक अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

भुम्लु गाउँपालिकाको सापिङ, चौवास, सिमथली र खेबसिम्ले लगायतको ठाउँमा अविरल बर्षाका कारण पहिरो गएपछि करिब २४ घर परिवारलाई स्थान्तरण नै गर्नु पर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्